add

सर्वोत्तम सिमेन्टको ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ






ActPro Nepal

|

११ मंसिर, २०८०

|
189

काठमाडौं । नेपालमै पहिलोपटक बुक बिल्डिङ विधिबाट प्राथमिक साधरण सेयर (आइपीओ)जारी गरेको सर्वोत्तम सिमेन्टको कटअफ मूल्य निर्धारण भएको छ । कम्पनीले संस्थागत लगानीकर्तालाई जारी गरेको सेयर बाँडफाँट क्रममा ४०१ रुपैयाँ कटअफ मूल्य निर्धारण भएको हो ।

कम्पनीले मंसिर ६ गतेदेखि संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा ४१ योग्य संस्थागत लगानीकर्ताले ३६ लाख बढी कित्ताका लागि आवेदन दिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेका अनुसार लगानीकर्ताले ४०१ रुपैयाँदेखि अधिकतम ४०६ रुपैयाँसम्मको मूल्यमा सेयर माग गर्दै आवेदन दिएका थिए । यता, कम्पनीले भने न्यूनतम न्यूनतम ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ मूल्य तोकेर सेयर बिक्रीमा ल्याएको थियो ।

सर्वोत्तमको कटअफ मूल्य निर्धारण भएसँगै अब आम सर्वसाधरणले निर्धारित मूल्यभन्दा १० प्रतिशत सस्तोमा सेयर किन्न पाउने छन् । बुकबिल्डिङ निर्देशिका अनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुनेछ । सो अनुसार अब सर्वसाधरणले ३६०.९० रुपैयाँमा आवेदन दिन पाउने छन् ।

सर्वोत्तमले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये संस्थागत लगानीकर्तालाई ४० प्रतिशत अर्थात् २४ लाख कित्ता बाँडफाँट गरेको छ । अब बाँकी ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लोबल आइएमई क्यापिटल लिमिटेड, सहनिष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.