add

साढे दुई गुणाले बढायो नेको इन्स्योरेन्सले नाफा: इपिएस पनि बढ्यो, अन्य सूचक कस्ता ?






ActPro Nepal

|

१० मंसिर, २०८०

|
179

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले तीन महिनामा झन्डै ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा कम्पनीले ८ करोड ८० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन, गत आवको सोही अवधिको तुलनामा १४९.५१ प्रतिशत अर्थात्  २.४९ गुणाले बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने सामान्य (२.९८ प्रतिशत) बढेको छ । चालु आवको तीन महिनामा कम्पनीको यस्तो आम्दानी ४३ करोड १९ लाख रुपैयाँ बढी छ । गत आवको सोही अवधिमा पनि कम्पनीले ४१ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

यस्तै, कम्पनीको कमिसन आम्दानीमा भने सामान्य गिरावट देखिएको छ । गत वर्षको पहिलो तीन महिनामा ८ करोड ८९ लाख रुपैयाँ कमिसन आम्दानी गरेको थियो । तर, यस वर्षको सोही अवधिमा भने यस्तो आम्दानी ८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेकाले नै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८.४६ प्रतिशतले बढेर ११ करोड ६१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी भने ३.०७ प्रतिशतले बढेर ६३ करोड ७१ लाख रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा कम्पनीले २९ करोड २८ लाख रुपैयाँ बढी दाबी भुक्तानी दिएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ ४३ पैसाले बढेर १७ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २११ रुपैयाँ ७१ पैसा रहेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.