add

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने






ActPro Nepal

|

८ मंसिर, २०८०

|
267

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आज देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले विदेशमा रोजगार गरिरहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगार्नीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४८ लाख रुपैयाँ बराबरको ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयमा सबै सेयरमा आवेदन नपरेमा ढिलोमा मंसिर २२ गतेसम्म आवेदन दिन पाइने छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.