add

सर्वोत्तम सिमेन्टले आजबाट बुक बिल्डिङ प्रणालीमार्फत आईपीओ बिक्री गर्ने






ActPro Nepal

|

६ मंसिर, २०८०

|
184

काठमाडौं ।  बक बिल्डिङ विधिमार्फत नेपालमा नै पहिलो पटक सर्वोत्तम सिमेन्टको बोलकबोल आजदेखि सुरु  हुने भएको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत सेयर बिक्री गर्ने छ ।

कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुने ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर जारी गर्न लागेको छ । जसमा ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको छ ।

संस्थापकलाई प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसासम्मको मूल्य तोकिएको छ । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने छ । संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश भएपनि बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिन्छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्ने सबै आवेदनकलाई माग अनुसार बाँडफाँट गरिने जनाइएको छ । उक्त कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी गरिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.