add

जीवन बीमा कम्पनीको नाफामा छलाङ, कुनले कति कमाए ?






ActPro Nepal

|

४ मंसिर, २०८०

|
191

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले खुद नाफा औसतमा ३० प्रतिशतले बढाएका छन् ।

संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये सोमवारसम्म १३ वटाले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार १ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएका छन् ।  

यो गत वर्षको सोही अवधिको तुलनामा ३८ करोड रुपैयाँले धेरै हो ।  कम्पनीहरूले गत वर्षको यही अवधिमा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत आवदेखि बजारमा माग नबढ्दा वित्तीय क्षेत्र लगायत अर्थतन्त्र शिथिल छ । अर्थतन्त्रमा देखिएको यस्तो समस्याका कारण पहिलो त्रैमासमै वाणिज्य बैंकहरूको खुद नाफा १८.६० प्रतिशतले घटेको छ ।

प्रारम्भिक तथ्याङ्क अनुसार सबैभन्दा बढी मुनाफा आर्जन गर्ने कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स छ । कम्पनीले पहिलो त्रैमाससम्म २४ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा १७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले ३५ प्रतिशतले बढाएको हो ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले १५ प्रतिशतले नाफा बढाएर १६ करोड रुपैयाँ पुर्याएको छ । सन नेपालले १६ करोड रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी, नेपाल लाइफले १५ करोड, सूर्यज्योति, आइएमई र नेशनल लाइफ इन्स्योरेन्सले १३/१३ करोड रुपैयाँ बढी खुद नाफा कमाएका छन् ।

रिलायबल नेपाल र सानिमा रिलायन्सले ११/११ करोड, प्रभु महालक्ष्मी १० करोड, मेटलाइफ ९ करोड, सिटिजन ७ करोड र लाइफ इन्स्योरेन्स कर्पोरेसनले ६ करोड रुपैयाँ पहिलो त्रैमकासमा नाफा कमाएका छन् । यस अवधिमा सबैभन्दा धेरै खुद नाफा सूर्यज्याेति लाइफ इन्स्योरेन्स २६३ प्रतिशतले बढाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.