add

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ मंगलबार बाँडफाँट हुँदै






ActPro Nepal

|

४ मंसिर, २०८०

|
274

काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार भोलि अर्थात मंसिर ५ गते बाँडफाँट हुने जनाएको हो।

आइपीओमा अन्तिम दिनसम्म १ अर्ब २५ करोड ७६ लाख १६ हजार रुपैयाँ संकलन भएको थियो । कात्तिक २० गतेसम्म ११ लाख ९४ हजार ८२० जनाले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए।

माग भन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा २ लाख ७ हजार ५२८ जनाले १०।१० कित्ता दरले सेयर हात पार्नेछन् । सोहि मध्येका पाँच जनाले भने थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन्।

कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो । यसअघि कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.