add

एनआइसी एशिया क्यापिटलको ‘ग्रोथ फण्ड २’ मा आजदेखि आवेदन दिन सकिने






ActPro Nepal

|

४ मंसिर, २०८०

|
185

काठमाडौं ।  एनआइसी एशिया क्यापिटल लिमिटेडले ‘एनआइसी एशिया ग्रोथ फण्ड २’ निष्काशन गर्न लागेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । क्यापिटलको ग्रोथ फण्डमा मंसिर ४ गते आजदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरले आवेदन दिन सकिनेछ ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको बताइएको छ ।

जसमा न्यूनतम १०० इकाईका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । यो फण्डको इकाईमा मंसिर ७ गतेसम्म आवेदन दिने समय तोकिएको छ । यस अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा मंसिर १८ गतेसम्म आवेदन म्याद थप गर्ने तयारी क्यापिटलले गरेको छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । ७ वर्ष अवधिको यो फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब एवं एपबाट समेत आवेदन दिन सक्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.