add

महिला टी-२० सिरिज : आज नेपालको प्रतिस्पर्धा हङकङसँग






ActPro Nepal

|

३० कार्तिक, २०८०

|
173

काठमाडौं । चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा आज नेपालले हङकङको सामना गर्दैछ। नेपाल र हङकङको खेल आज बिहान पौने १२ बजे सुरु हुँदैछ।

पहिलो खेलमा तान्जिनियाँसँग २७ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुँदा घरेलु टोली हङकङ भने लगातार जितको लक्ष्यसहित मैदानमा हुनेछ।

बुधबार भएको खेलमा हङकङले भने जापानमाथि ९ विकेटको फराकिलो जित निकालेको थियो।

यो सिरिजमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापानले प्रतिस्पर्धा गर्दैछन्। नेपालले मङ्सिर २ गते जापानसँग अर्को खेल खेल्ने तालिका छ।

शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको प्रतिस्पर्धासमेत सोही दिन हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.