add

जाजरकोट भूकम्पमा ६७ विद्यार्थीको मृत्यु, ७१ जना घाइते






ActPro Nepal

|

२७ कार्तिक, २०८०

|
161

सुर्खेत । कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ६७ विद्यार्थीको मृत्यु भएको छ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार​भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको हो। सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको  मन्त्रालयका शिक्षा अधिकृत बलबीर सुनारले जानकारी दिए।

३६ रुकुमपश्चिम र ३५ जाजरकोटका गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको उनले । भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुमपश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।

भूकम्पले ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ। मन्त्रालयका अनुसार भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार ६८७ जनामध्ये ४० हजार ११० विद्यार्थी प्रभावित भएका छन्।

सुनारका अनुसार जाजरकोटमा ७५ हजार ८५३ विद्यार्थीमध्ये २२ हजार ७५९ र रुकुमपश्चिममा ५७ हजार ८३४ विद्यार्थीमध्ये १७ हजार तीन सय ५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिए। 

जाजरकोटमा ४२३ र रुकुम पश्चिममा ३१३ गरी ७३६ विद्यालयमध्ये २०८ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् भने ४१८ विद्यालय आंशिक रूपमा क्षति भएको जनाइएको छ।

जाजरकोटका धेरै विद्यालयमा क्षति भएको छ। जाजरकोटमा मात्रै १७३ पूर्ण रूपमा र ४०८ विद्यालय आंशिक रूपमा क्षति भएका छन् । त्यसैगरी रुकुमपश्चिममा ३५ पूर्ण र १० विद्यालय आंशिक रूपमा क्षति भएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.