add

हालसम्म नेपाल वेयर हाउजिङको आइपीओमा कतिले दिए आवेदन ?






ActPro Nepal

|

२२ कार्तिक, २०८०

|
171

काठमाडौँ । नेपाल वेयर हाउजिङ कम्पनीको आइपीओमा ७ करोड ३८ लाख ७१हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात कात्तिक २२ गते साँझ ५ः०७ बजेसम्म ३० हजार ६७२ जनाले ७ लाख ३८ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो ।

त्यस्तै, २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई जारी गरिनेछ ।

लगानीकर्ताले आइपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.