add

उन्नति सहकार्य लघुवित्तको एफपिओमा १८.११ गुणा बढीको आवेदन






ActPro Nepal

|

२२ कार्तिक, २०८०

|
166

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एपपिओमा ३२ करोड ३३ लाख २८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज पहिलो दिन अर्थात कात्तिक २१ गते साँझ ५ः०८ बजेसम्म २ लाख ८३ हजार ३४४ जनाले ३२ लाख ३३ हजार २८० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १८.११ गुणा बढी आवेदन हो ।

सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता सेयर निष्काशन गरेको हो। जसमा लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्भने सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेको खण्डमा मंसिर ५ गतेसम्म लम्बिनेछ।

एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.