add

दोहोरो अंकले बढ्यो नेप्से, एक अर्ब पनि पुगेन् कारोबार






ActPro Nepal

|

२१ कार्तिक, २०८०

|
121

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

सोमबारदेखि उकालो लागेको नेप्से आजपनि ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेको छ । यसदिन २८३ कम्पनीको ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँ बढीको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहको परिसूचक मध्ये एक वटाको घटेको छ भने अन्य सबैमा हरियाली छाएको छ । आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

लगानी उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५१ प्रतिशतले बढेकोे छ । आज हिमालयन बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज लक्ष्मी लघुवित्तका सेयरधनीले सर्वाधिक ८.१६ प्रतिशत कमाएका छन् । त्यस्तै, सोनापुर मिनरल्स र सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.