add

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा






ActPro Nepal

|

२१ कार्तिक, २०८०

|
288

काठमाडौं  । लुम्बिनी विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । 

बैंकका संस्थापक सेयरधनीहरू बिल बहादुरको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता सेयर र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले पनि आवेदन दिन सक्ने छन् । बैंकले यसअघि असोज ११ गते संस्थापक सेयरधनीहरुलाई सेयर बिक्री खुलाएको थियो ।

संस्थापक सेयरधनीबाट आवेदन नआएको भन्दै बैंकले उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्न लागेको हो । इच्छुक लगानीकर्ताले सेयर खरिद गर्नको लागि आज कात्तिक २१ गतेदेखि १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.