add

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन






ActPro Nepal

|

२१ कार्तिक, २०८०

|
201

काठमाडौं  । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्य सचिव रहने गरी कार्यदल बनाइएको हो ।

कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन समय तोकिएको बैठकमा अर्थमन्त्री महतले निर्देशन दिएका थिए । यो कार्यदललाई दुई वटा विषय म्यान्डेट दिइएको छ । गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ ।

चालु आर्थिक बर्षको बजेटमा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने उल्लेख थियो । बजेट वक्तव्य को १०५ नम्बर बुँदामा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले उल्लेख गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.