add

नेप्सेमा दोहोरो अंकको ‘कमब्याक’, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

२० कार्तिक, २०८०

|
95

काठमाडौँ । लगातार चौथो दिन राताम्य भएको बजार आज भने सुधार आएको छ । 

गत मंगलबारदेखि लगातार ओरोलो लागेको नेप्से ५१ अंकको गिरावटपछि सोमबार दोहोरो अंकले कमब्याक गरेको हो ।

यसपटक पनि नेप्से १८०० आसपास विन्दुबाट फर्किएको हो । पछिल्लो दुई वर्षमा ४ पटक १८०० विन्दु हाराहारीमा आएको नेप्से त्यसैलाई सपोर्ट मानेर बढ्ने गरेको थियो । यसपटक पनि सपोर्ट बिन्दुबाटै फर्कने लगानीकर्ताकाे अपेक्षा अनुसार नेप्से फर्केकाे हाे ।  यद्यपि, एकदिन बढ्दैमा अब नेप्सेले गति नै लिन्छ भन्ने निश्चित छैन ।

सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ । यसदिन २८३ कम्पनीको ९३ करोड रुपैयाँ बढीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ३.७४ प्रतिशतले बढेकोे छ ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हाथवे इन्भेष्टमेन्ट र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.