add

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य, गुल्सन र रोहितको अर्धशतक






ActPro Nepal

|

१९ कार्तिक, २०८०

|
187

काठमाडौं । विश्वकप छनोटको फाइनलमा कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतकप्रेरित नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाएर १८४ रन जोड्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए । कुशल भुर्तेल ३१, सन्दीप जोरा १० रन बनाएर आउट भए । करन केसीले ६ बलमा २ छक्का र एक चौकासहित २० रनमा अविजित रहे ।

आसिफ शेखले ६ र कुशल मल्लले ३ रनमात्र जोड्न सके । विवेक यादबले १ रन मात्र बनाए । ओमानका बिलाल खानले ३ विकेट लिए । अकिब इल्यासले पनि २ विकेट हात पारे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.