add

मुगुमा हत्या प्रकरण: सीआईबीले लियो अनुसन्धानको जिम्मा






ActPro Nepal

|

१९ कार्तिक, २०८०

|
256

काठमाडौं । मुगु छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा वंश नै नाश हुने गरि भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गर्न सुरु गरेको छ ।

सामूहिक हत्या भएको हप्ता दिन बढी समय बितिसक्दा पनि हत्याको कारण र हत्यारा बारे प्रहरीले कुनै तथ्य प्रमाण नभेटाई रहेका बेला थप अनुसन्धान र हत्यारा पत्ता लगाउन सीआइबीले मुगु सामूहिक हत्या प्रकरणको अनुसन्धान जिम्मा लिएको हो ।

गत ८ गते हत्या भएको प्रहरी अनुमान गरे पनि प्रहरीले १० गते बिहान ९ बजे मात्र सूचना पाएको थियो । सूचना पश्चात् घटना स्थलमा पुगेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वको प्रहरीले घर भित्र २८ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, ८ वर्षीया छोरी अप्सरा बोहरा र ८ महिने छोरा रहर बोहराको सामूहिक हत्या गरिएको अवस्थामा फेला पारेको थियो ।

११ गते हत्याको अनुसन्धान गर्न जुम्ला र कर्णाली प्रदेश प्रहरीबाट अनुसन्धान अधिकृत सहितको र कोहलपुरबाट अनुसन्धान कुकुर सहित टोली मुगु पुगी अनुसन्धान शुरु गरेका थिए । डक अनुसन्धान टोलीले आवश्यक सूचना दिएर १२ गते नै कोहलपुर फर्कियो भने मुगु डीएसपी वीरेन्द्र थापा सहितको अन्य दुई टोलीले अनुसन्धान जारी राख्यो ।

वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् ११ गते नै कतारबाट नेपाल फर्केर मुगु पुगेपछि घटना स्थलबाट प्रहरीले चारै शव उठाएर परीक्षणका लागि जिल्ला अस्पताल मुगु पुर्‍याएको थियो ।

सीआईबी प्रहरी नायव उपरीक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न सीआईबी टोली खटिएर काम गरिरहेको छ । यस अघिका अनुसन्धान टोलिले फेला पारेका मेनुल्लि तथ्य र सीआईबीले अनुसन्धान गरिरहेको प्रविधि तथ्य केलाउँदै हत्यारा नजिक पुग्न सीआईबीले मुगु घटना अनुसन्धान जिम्मा लिएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.