add

आइसिसी टी–२० : विश्वकप खेल्न नेपालले आज यूएईलाई हराउनै पर्ने






ActPro Nepal

|

१७ कार्तिक, २०८०

|
175

काठमाडौ ।  विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ। 

खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ। 

आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलअघि नेपाल बिहिबार ओमानसँग पराजित भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानलाई हराउँदै सेमिफाइनलमा सहज प्रतिद्वन्द्वी पाउने अपेक्षामा थियो। तर १ सय ४६ रनको सामान्य लक्ष्य पनि भेट्न नसक्दा नेपाल पराजित भयो।

त्रिवि क्रिकेट मैदानमा ठूलो लक्ष्य पनि सहजै पछ्याउँदै आएको नेपाल बिहीबार ओमनसँग भने कमजोर सावित भयो। मोन्टी देशाईले टिम सम्हालेयता नेपालले घरेलु मैदानमा दोस्रो हार व्यहोरेको हो।

समूह चरणको अन्तिम खेलमा ओमानले भने नेपाललाई खेलभर दबाबमा राख्यो। बलिङमा राम्रो प्रदर्शन गर्दै मध्यम लक्ष्यमै ओमनलाई रोके पनि जवाफमा नेपाली ओपनर चल्न सकेनन्। सोमपाल कामी तेस्रो नम्बरमा मैदान पसे।  एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका उनी असफल प्रयोग सावित भए।  आज नेपाल यूएईलाई हराएर नेपाल विश्वकपमा स्थान सुरक्षित गर्न चाहन्छ। 

पछिल्लो समय नेपालले निकै महत्वपूर्ण खेलहरुमा यूएईलाई विपक्षीको रुपमा पाएको छ। यूएईसँग नै नेपालले लिग २ को अन्तिम खेल र प्रिमियर कपको फाइनल पनि खेलेको थियो।  ती दुवै खेलमा नेपाल विजयी भएको छ। तर एक हप्ताअघि मात्र त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग पराजित नेपाल अब चिरपरिचित प्रतिद्वन्दीलाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ।

नेपालको ओपनिङ जोडीले डेढ वर्षपछि ५० रनभन्दा धेरै साझेदारी गरेको थियो। आज को खेलमा पनि ओपनिङ पार्टनसिपको धेरै आवश्यकता छ। ​ त्यसैगरी मिडल ओभरबाट खेललाई अन्तिमसम्म लैजान कुशल मल्ल, रोहित पौडेललाई दबाब हुनेछ। ​

काठमाडौंमा आजको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ। तर मुलपानी मैदानको दर्शक क्षमता भने धेरै छैन। 

यसकारण नेपाल क्रिकेट संघले दर्शकलाई नियन्त्रण गर्नका लागि घरै बसेर खेल हेर्न अनुरोध गरेको छ।  क्यानले तीन हजार पाँच सय मात्र टिकट बिक्री गर्ने जानकारी दिएको छ।

आजै हुने अर्को खेलमा ओमान र बहराइन आमने सामने हुनेछन् । फाइनलमा पुग्ने दुई टोलीले विश्वकप खेल्न पाउनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.