add

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो






ActPro Nepal

|

१६ कार्तिक, २०८०

|
232

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबारदेखि लगातार ओरोलो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला तीन कारोबार दिनमा नेप्से ३० अंकले घटेको छ ।

सूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १२ करोडले बढेर ९६ करोड रुपैयाँ पुगेको छ ।

बिहीबार नेप्से परिसूचक १०.८६ अंकले घटेर १८४७.७० विन्दुमा आइपुगेको छ । यसदिन २८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ४० वटाको बढेको छ । त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये होटल र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ४.४७ प्रतिशतले बढेको छ ।

आज आशा लघुवित्तको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा सयपत्री हाइड्रोपावरको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् । आज चन्द्रागिरि हिल्सका सेयरधनीले सर्वाधिक ६.०४ प्रतिशत कमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.