add

आईसीसी टी–ट्वेन्टी : ५ रनले ओमानसँग पराजित नेपाल






ActPro Nepal

|

१६ कार्तिक, २०८०

|
318

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ। ओमानसँग नेपाल ५ रनले पराजित भएको हो।

ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई जित तर्फ लगे पनि सम्भव हुन सकेन।

उनले २४ बलमा ५ छक्का हानेका थिए।तर, ओमानका बलरले सुरुवात देखिनै दबाबमा राख्न सफल भए। 

अन्तिम बलमा १५ रन बनाएर खेलिरहेका करण केसी क्याच आउट भए। अविनाश बोहराले १ रन बनाए।  नेपालका लागि सन्दीप लामिछाने २ रन, सन्दीप जोरा १२ रन, गुलशन झा ३ रन, कुशल मल्ल १० रन, कप्तान रोहित पौडेल १२ रन, सोमपाल कामी १२ रन, कुशल भुर्तेल २६ रन र आशिफ शेख ५ रन बनाएर आउट भए। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए। 

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए।  अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.