add

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, १३ लाख बढी आवेदकको हात खाली






ActPro Nepal

|

१६ कार्तिक, २०८०

|
291

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आज बिहान एफपीओ बाँडफाँट गरेको हो ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १२ हजार ३८१ जनाले सेयर पाएका छन्। जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०.४५ कित्ता सेयर पाएका हुन्।

उक्त एफपिओमा कुल १३ लाख २१ हजार ५२६ जनाले आवेदन दिएकोमा १३ लाख २० हजार २०३ जनाको आवेदन मात्र स्वीकृत आवेदन भएको छ।

लघुवित्तले सर्वसाधारणका लागि असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ बिक्रीम ल्याएको थियो।

कम्पनीको आइपीओको रिजल्ट लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.