add

घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ






ActPro Nepal

|

१५ कार्तिक, २०८०

|
253

काठमाडौँ । नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

खनाललाई सोमबार पक्राउ गरिएको थियो । उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो । सोही पत्रको आधारमा खनाललाई पक्राउ गरिएको हाे ।

खनाल यसअघि पनि अभिनेत्री करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पनि पक्राउ परेर धरौटीमा छुटेका थिए । उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.