add

आईसीसी विश्वकप : आज बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा






ActPro Nepal

|

१४ कार्तिक, २०८०

|
199

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र पाकिस्तान भिड्दैछन् । यी दुई टोलीबीचको खेल इडेन गार्डेन रंगशाला कोलकातामा दिउँसो सवा २ बजे शुरु हुनेछ । 

जारी प्रतियोगितामा पाकिस्तानले आफ्ना ६ मध्ये २ खेलमा जित निकालेको छ भने समान ६ खेल खेलेको बंगलादेशले एक खेलमात्र जितेको छ । यी दुवै टोली आज जित निकाल्दै अंक तालिका सुधार गर्ने ध्याउन्नमा छन् । यी दुई टोलीबीचका पछिल्ला ५ वटा एक दिवसीय प्रतियोगितामा बंगलादेशले ३ तथा पाकिस्तानले दुई खेलमा जित हासिल गरेको छ । 

यसअघि गएराति भएको खेलमा अफगानिस्तानले श्रीलंकाविरुद्ध सहज जित निकालेको छ । पुणेमा भएको खेलमा श्रीलंकाले दिएको २ सय ४२ रनको पछ्याएको अफगानिस्तानले ४५ दशमलब २ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । गएरातिको जितसँगै ६ खेलबाट ६ अंक जोडेको अफगानिस्तानले अन्तिम चारमा पुग्ने सम्भावनालाई जिवित राखेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.