add

ट्राफिकले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिने






ActPro Nepal

|

१३ कार्तिक, २०८०

|
490

काठमाडौं । अब ट्राफिक प्रहरीले चेकजाँच गर्दा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मान्य हुने भएको छ ।

सरकारले नागरिक एपमार्फत देखाएको लाइसेन्स पनि मान्य हुने व्यवस्था गरेको हो । नागरिक एपले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अबदेखि एपमार्फत देखाएको लाइसेन्स मान्य हुने जानकारी गराएको हो ।

‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारीचालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ।

यसअघि ट्राफिक प्रहरीले लाइसेन्स चेकजाँच गर्दा सक्कल नै देखाउनुपर्ने बाध्यता थियो । नागरिक एपमा भएको देखाउँदा ट्राफिकले मान्यता दिने गरेको थिएन । सो व्यवस्थाको चौतर्फी विरोध भएपछि सरकारले एपमा भएको लाइसेन्स पनि आधिकारिक हुने व्यवस्था गरेको हो ।

तर, नागरिक एपमा देखाइएको लाइसेन्स ट्राफिक प्रहरीले चालकले लाइसेन्स लिएको छ/छैन भन्ने अवस्थामा मात्र लागू हुने जनाइएको छ । ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने सवारी चालकले सक्कल लाइसेन्स नै देखाउनुपर्ने हुन्छ।

यदि नागरिक एपमा लाइसेन्स लिंक नगरेको भए यथाशिघ्र लिंक गर्न सरकारले सबैमा अनुरोध समेत गरेको छ ।

यद्यपि, महानगरीय ट्राफिक प्रहरी कार्यालयले भने सम्बन्धित निकायबाट परिपत्र नभइन्जेल भने पुरानै नियम लागू हुने जनाएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.