add

आइसिसी टी ट्वान्टी विश्वकप छनोट: नेपालको सानदार विजयी सुरुवात, सिङ्गापुर स्तब्ध






ActPro Nepal

|

१३ कार्तिक, २०८०

|
343

काठमाडौं ।  आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो।

सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ७४ रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे।

आसिफ शेख २७ रनमा आउट हुँदा कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा अविजित रहे । यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो।

पहिलो ओभरको दोस्रो बलमै कप्तान अरत्रा दत्तलाई गुमाएको सिंगापुरले आक्रामक सुरुवात गरेको थियो। ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे पनि अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन्।

सिंगापुरका आर्यविर चौधरीले ३७ रन बनाए भने मनप्रित सिंहले २४ रनको योगदान गरे।  नेपालका लागि अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २–२ विकेट लिए। अर्को खेलमा बहराइनले यूएईलाई १३६ रनको लक्ष्य दिएको छ।

मूलपानी मैदानमा जारी खेलमा टस हारेको बहराइनले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.