add

टि–२० विश्वकप छनोटमा नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य






ActPro Nepal

|

१३ कार्तिक, २०८०

|
189

काठमाडौं । टि–२० विश्वकप छनोटमा नेपाललाई सिंगापुरले १४६ रनको लक्ष्य पाएको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो।

सिंगापुरका लागि तीन ब्याटरले सम्मानजनक पारी खेले। रोहन राङ्ग्राजनले ३० बलमा सर्वाधिक ४६ रन बनाउँदा मनप्रित सिंहले २६ बलमा २४ रनको योगदान गरे।

रोहनले ९ चौका र १ छक्का प्रहार गरे भने सिंहले ३ चौका प्रहार गरे। आर्यभिर चौधरी २६ बलमा ३७ रन बनाउँदै नटआउट रहे। उनले ५ चौका प्रहार गरे। बाँकी ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। ३ ब्याटर शून्य रनमै पेबेलियन फर्किए।

नेपालका लागि अभिनाश बोहराले ३ तथा करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले समान २/२ विकेट लिए। करणले ४ ओभरमा ३६, अभिनासले ४३, सन्दीपले १८ र गुल्शनले २१ रन खर्चिए। ४ ओभरमा २१ रन खर्चिएका सोमपाल कामीभने विकेटबिहिन भए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.