add

मुगु घटना: शङ्कास्पद एक व्यक्ति पक्राउ






ActPro Nepal

|

१३ कार्तिक, २०८०

|
233

काठमाडौं । मुगुको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा एकै परिवारका चारजनाको हत्या भएको चार दिनपछि प्रहरीले एक जनालाई पक्राउ गरेको हो। 

आइतबार जिल्ला सदरमुकाम गमगढीबिजारबाट पक्राउ गरेको व्यक्तिबारे प्रहरीले थप विवरण खुलाएको छैन। गत शनिबार नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको छ। 

प्रहरी हत्यारा नजिक पुगिसकेको प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले बताए। शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, छोरा ११ वर्षीय मनोज बोहोरा, छोरी आठ वर्षीया अप्सरा र छोरा आठ महिनाका रहरको हत्या गरेको शव घरभित्रै फेला परेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.