add

मुगु घटना: अनुसन्धानलाई सहयोग गर्न डीआईजी भीम ढकाल नै घटनास्थलमा






ActPro Nepal

|

१२ कार्तिक, २०८०

|
135

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ मुन्दु गाउँमा चार जना मृत भेटिएको घटनास्थलमा डिआइजी भीमप्रकाश ढकाल पुगेका छन्। प्रदेश प्रहरी कार्यालय कर्णाली प्रमुख ढकाल आइतबार मुगु पुगेका हुन्।

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट चार जनाकै हत्या गरिएको प्रहरीले दाबी गरेको छ । धारिलो हतियार प्रयोग गरिएको र घटनास्थल पुरै रगताम्य भएकाले हत्या गरिएको दाबी प्रहरीको छ ।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहितको प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको थियो।

यो टोलीले गत शनिबारदेखि अनुसन्धानको काम जारी राखेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.