add

नेपाल प्रहरीका जवानले गरे गोली हानेर आत्महत्या






ActPro Nepal

|

८ कार्तिक, २०८०

|
399

सुनसरी ।  कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्। 

मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ​

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो। घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको  छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.