add

त्रिदेशीय टी–ट्वान्टी सिरिजमा आज नेपाल र यूएई खेल्ने






ActPro Nepal

|

६ कार्तिक, २०८०

|
332

काठमाडौँ। त्रिदेशीय टी–ट्वान्टी एकदिवसीय क्रिकेट सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ बजे काठमाडौँको मूलपानी मैदानमा सुरु हुनेछ ।

एक खेलअघि नै त्रिदेशीय सिरिजको फाइलमा स्थान बनाइसकेको नेपाल समूह चरणको अन्तिम खेलमा अपराजित यात्रालाई कायमै राख्ने उद्देश्यमा छ ।  

यस्तै, यूएई पनि आजको खेल जित्दै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । आजको खेल हारेको अवस्थामा युएईले हङकङको खेल कुर्नुपर्नेछ । हङकङ र यूएईबीचको अर्को  खेल बुधबार हुनेछ । 

नेपाल यसअघिका तीन खेलमध्ये दुईमा हङकङ र एकमा युएईलाई हराउँदै फाइनलमा पुगिसकेको छ । हङकङ भने प्रतियोगितामा जित विहीन छ ।

सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.