add

बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल






ActPro Nepal

|

५ कार्तिक, २०८०

|
233

बागलुङ । चाडबाड सुरु भएसँगै बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । वर्षा याममा सुनसान बनेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएपछि पर्यटकको चहलपहल बढेको हो ।

यो समयमा मानिसको फुर्सद हुँदा घुमफिरमा निस्किएको पाइन्छ । बागलुङको मुख्य धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा घटस्थापनाका दिनदेखि नै झक्तजनको घुइँचो लागेको थियो । दशमीसम्म यहाँ आउने भक्तजनको भीड नै लाग्ने गर्छ ।

बागलुङ कालिका मन्दिरसँगै नेपालको सबैभन्दा लामो बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने झोलुङ्गे पुल, पञ्चकोट, शालीग्राम सङ्ग्रहालय, ढोरपाटनलगायत गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ ।

नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पनि यो समयमा धेरै बाह्य पर्यटक आएको स्थानीय निमबहादुर घर्तीले बताए । अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै पर्यटक भित्रिएका उनी बताउँ छन् । ढोरपाटनमा पर्यटकका लागि आवास र भोजनको उचित व्यवस्थापन हुन थालेपछि पाहुँना बढ्दै गएका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.