add

लापसे गरी सवारी साधन चलाउने ४ जना चालक नियन्त्रणमा






ActPro Nepal

|

२ कार्तिक, २०८०

|
460

काठमाडौँ । चाडपर्वलक्षित विशेष चेकिङका क्रममा काठमाडौँको नागढुंगा नाकाबाट बिहीबार लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

ना ७ ख ५३२ नम्बरका ट्रक चालक धादिङको थाक्रे गाउँपालिका २ का २९ वर्षीय राम कुमार सुवेदी, बा ४ ख ५७ ४८ नम्बरका बस चालक काठमाडौँको तार्केश्‍वर नगरपालिका १ का २६ वर्षीय दीपेश सापकोटा, प्रदेश ३ ०१ ००६ ख २५ ४६ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ९ का ३१ वर्षीय राम कुमार गौतम र ना ६ ख ९६ ९३ नम्बरका बस चालक कैलालीको धनगढी उपमहानगरपालिका १ बस्ने ४४ वर्षीय दीप श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त  थानकोट पठाइएको छ ।  नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली र छठ पर्वलाई मध्यनजर गरी काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ ।

चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुहरूको सुरक्षा, सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटना रहित बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थान तथा नाकाहरूमा मापसे, लापसे लगायतका अन्य विशेष चेकिङ ट्राफिक प्रहरीले गर्दै आएको हो । चाडपर्वको मौका छोपी सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्‍याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको अनुगमनको लागि सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचाल गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.