add

डिशहोम फाइबरनेटको नयाँ अफर, १ वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा






ActPro Nepal

|

२९ असोज, २०८०

|
353

काठमाडौं । डिशहोम फाइबरनेटले दसैं लक्षित नयाँ अफर ल्याएको छ । कम्पनीको अफर अन्तर्गत ग्राहकले १ वर्षका लागि नयाँ जडान गर्दा २ वर्षसम्म इन्टरनेट चलाउन पाउने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३०० एमबीपीएससम्मका प्याकेजहरु जडान गर्नसक्ने छन् । जसमा ग्राहकले ५० एमबीपीएस देखि २५० एमबीपीएससम्म फाइभ–जी राउटर पाउने छन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाइ–६ राउटर पाउने छन् ।

यो अफर असोज २८ गतेदेखि कात्तिक ११ गेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यसअघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोमले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.