add

चाडपर्व लक्षित सुरक्षा : ट्राफिक प्रहरीले विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ संचालन गर्ने






ActPro Nepal

|

२३ असोज, २०८०

|
305

काठमाडौं । प्रहरीले यातायात व्यवसायीसँगको समन्वयमा आज काठमाडौं उपत्यकाको विभिन्न स्थानमा यात्रु सहायता कक्षा स्थापना गरेको छ ।

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यातायातमा सहजीकरण थालेको हो ।

यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

काठमाडौं उपत्यकाको सुन्धारा, नागढुंगा, कलंकी, नयाँ बसपार्क, चावहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगातीलगायत मुख्य उक्त कक्ष स्थापना गरिएको उनले बताए ।

यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादर भन्दाबढी भाडा लिए/नलिएको, लामो दुरीका सवारी साधनमा दुई चालक भए/नभएको जाँच गर्ने, काउण्टरमा भाडादर टाँस्न लगाउने छ ।

यस्तै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याइ बाटोमै अलपत्र पार्ने जस्ता कार्यको पनि निगरानी गरिने उनले बताए ।

यससँगै नाकामा थप जनशक्ति परिचालन गरी विशेष जाँचको व्यवस्था मिलाई यात्रुलाई पर्नसक्ने विभिन्न समस्या समाधान गरिने पनि प्रवक्ता भट्टले बताए । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.