add

विश्वकप क्रिकेट : आज दुई खेल हुँदै






ActPro Nepal

|

२३ असोज, २०८०

|
234

काठमाडौं । भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन्।

पहिलो खेल बिहान नेपाली समय अनुसार पौने ११ बजे धर्मशालास्थित क्रिकेट स्टेडियममा बंगलादेश र इङल्याण्डबीच हुदैछ।  बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी शुरुवात गर्दै दोस्रो खेल खेल्दै छ भने डिफेन्डिङ च्याम्पियन इङल्याण्डले भने आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो।

दुवै देश अहिलेसम्म २४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आमने सामने भएका छन्, जसमा इङल्याण्ड १९ पटक विजयी भएको छ भने बंगलादेशले ५ खेलमा जित हासिल गरेको छ।​

त्यसैगरी दोस्रो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजेदेखि हैदरावादस्थित राजीव गान्धी इन्टरनेसनल स्टेडियममा पाकिस्तान र श्रीलंकाबीच हुदैछ। पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्याण्डसलाई पराजित गरेर सुखद शुरुवात गरेको छ भने श्रीलंकाले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो। 

क्रिकेटका एशियाली पावर हाउस मानिने पाकिस्तान र श्रीलंकाबीच अहिलेसम्म १५६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्।  जसमा पाकिस्तानले ९२ खेल जितेको छ भने श्रीलंकाले ५९ खेलमा जित हासिल गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.