add

विश्वकपमा न्युजिल्यान्डको सुखद सुरुवात, इंग्ल्यान्ड ९ विकेटले पराजित






ActPro Nepal

|

१९ असोज, २०८०

|
180

एजेन्सी  । आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा न्युजिल्यान्डले सानदार जित हात पारेको छ ।न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गरेको हो ।

पहिलो पटक विश्वकपमा डेब्यु गरेका डेभोन कन्वे र रचिन रविन्द्रले अविजित रहँदै शतक बनाए ।जितको लागि २८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा कन्वे १२१ बलमा १९ चौका र ३ छक्कासहित १५२ रनमा अविजित रहे ।

अर्का युवा अलराउन्डर रवीवन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासहित १२३ रनमा अविजित नै रहे ।

ओपनर विल योङ शून्यमै आउट भएका थिए । इंग्ल्यान्डका साम करनले उनलाई आउट गराएका थिए ।

यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २८२ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि जो रुटले अर्धशतकीय पारी खेल्दै ७७ सर्वाधिक रन बनाए । यस्तै, कप्तान जोस बटलरले ४३, जोनी बेरिस्टोले ३३ र ह्यारी ब्रुकले २५ रन जोडे । न्युजिल्यान्डका म्याट हेनरीले सर्वाधिक ३ विकेट लिए ।

प्रतियोगितामा १० टिमको सहभागिता छ । यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान,अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.