add

रियलमीको सि ५१ र सि ५३ बजारमा, १५ देखि १७ हजार मूल्य






ActPro Nepal

|

१८ असोज, २०८०

|
266

काठमाडौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले दुई ग्राउन्डब्रेकिंग स्मार्टफोनहरू बजारमा ल्याएको छ । रियलमी सि ५१ र रियलमी सि ५३ को प्रस्तुतिसँगै स्मार्टफोनको जगतमा इनोभेसन र स्टाइलको बेजोड मिश्रण प्रदान गर्दै किफायतीतालाई पुनः परिभाषित गरेको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “रियलमीमा हामी ग्राहकहरूको जीवनशैलीसँग मेल खाने नवीनतम प्रविधियुक्त स्मार्टफोनहरु बजारमा ल्याउन प्रतिबद्ध छौँ । रियलमी सि ५१ र सि ५३ ले हाम्रो यही प्रतिबद्धतालाई मूर्त रूप दिएको छ । रियलमी सि ५१ र सि ५३ दुवै यी प्राइस सेग्मेन्टको लागि अत्यन्तै उत्कृष्ट फोन हुन । रियलमी सि ५१ मा हामीले मेमोरीमा लिप फर्वार्ड गरेका छौँ भने सि ५३ मा क्यामेरामा लिप फर्वार्ड गरेका छौँ । ”

रियलमी सि ५१: मेमोरीको च्याम्पियन

रियलमी सि ५१ मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले ० देखि ५०% सम्म मात्र २८ मिनेटमा नै चार्ज हुनसक्छ । ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन सहित यस प्राइस सेगमेन्टकै सबैभन्दा स्लिम फोनको रूपमा उभिएको रियलमी सि ५१ स्टाइल र सुन्दरताको उत्कृष्ट मिश्रण हो । ५० मेगापिक्सेल एआई क्यामाराको मद्दतले रियलमी सि ५१ ले असाधारण क्रिएटीभिटी प्रदान गर्दै अति आकर्षक तस्बिरहरू निकाल्दछ । यसमा भएको ५० मेगापिक्सेल एआई क्यामराले असाधारण रुपमा आकर्षक तस्बिरहरू निकाल्दछ ।

१२८ जिबीको स्टोरेज भएको यस रियलमी सि ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ । ४ जिबीको बिल्ट–इन ¥यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी ¥याम बढाउन पनि मिल्छ । ५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ । रियलमी सि ५१ मा फास्ट पर्फमेन्स र प्रभावकारी प्रोसेसिङको लागि पावरफुल अक्टा–कोर चिपसेट राखिएको छ ।

आकर्षक १७.१३ सिएम (६.७४ इन्च) ९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ । प्रशस्त स्टोरेज र आकर्षक डिस्प्ले युक्त रियलमि सि ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ ।

रियलमी सि ५३: क्यामराको च्याम्पियन

१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५३ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेराको र सबैभन्दा ठूलो क्यामेरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड् हाइलाइटहरू र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ । यो अत्याधुनिक क्यामेराले कमजोर लाइटिङ कन्डिसनमा समेत उच्च क्ल्यारिटी र उच्च डिटेलड तस्बिर खिच्न सक्छ ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ । १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाऊँदा पनि समस्या हुँदैन ।

रियलमी सि ५३ मा १२ जिबी सम्म्को डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले नचबजबपब जबचग बिष् उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्दछ ।

अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । रियलमी सि ५१ दुई कलर ः मिन्ट ग्रिन र ब्ल्याकमा उपलब्ध छ भने रियलमी सि ५३ गोल्ड र ब्ल्याक कलरमा उपलब्ध छ । रियलमी सि ५१ जिबि ६४ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १५,९९९ रहेको छ । त्यस्तै, रियलमी सि ५३ ४ जिबि १२८ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १७,९९९ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.