add

भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते






ActPro Nepal

|

१७ असोज, २०८०

|
201

काठमाडौं । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा गर्ने गरिएको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधी नियमित खुवाउन थालेको हो ।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.