add

धर्मगुरु आचार्य श्रीनिवास प्रहरी नियन्त्रणमा, धार्मिक हिंसा भड्काउन खाजेको आरोप






ActPro Nepal

|

१७ असोज, २०८०

|
366

काठमाडौं । धार्मिक तथा साम्प्रदायिक अभिव्यक्ति दिएर धार्मिक हिंसा भड्काउन खाजेकोे आरोपमा धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएका छ ।

केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले उनलाई सुनसरीको बराहक्षेत्रस्थित आश्रमबाट नियन्त्रणमा लिएको हो।

हिन्दू धर्मका धर्मगुरु श्रीनिवासले केही दिनअघि हातमा खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

श्रीनिवासले केही दिनअघि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका श्रीनिवासलाई यसअघि पनि मोरङ प्रहरीले २०७५ वैशाख २४ मा पक्राउ गरेको थियो।

उनले २०७४ चैतमा विराटनगरस्थित जतुवाको एक मन्दिरमा सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई आफैंमाथि गोली प्रहार गर्न लगाएका थिए। सुनसरीको झुम्का कारागारमा उनी २० दिनसम्म हिरासतमा बसेका थिए। केही समयअघि सुनसरीको धरानमा चलेको विवादलाई भड्काउन पनि श्रीनिवासले प्रयास गरेको प्रहरीको आरोप छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.