add

कुशल मल्लको विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै शतक






ActPro Nepal

|

१० असोज, २०८०

|
411


काठमाडौं ।  चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ । 

नेपालका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका बायाँ हाते ब्याटर कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे ।

यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा शतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए ।

मिलरले बनाएको कीर्तिमानपछि रोहित र सुदेशले बराबरी गरेका थिए।


मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध, रोहितले सोही वर्ष श्रीलंकाविरुद्ध र सुदेशले सन् २०१९ मा टर्कीविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.