add

शिक्षा विधेयकप्रति शिक्षक महासंघको असन्तुष्टि






ActPro Nepal

|

३० भदौ, २०८०

|
271

काठमाडौं । नेपाल शिक्षक महासंघले संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायतका विषयमा सम्बोधन गर्न असन्तुष्टि जनाएको हो ।

महासंघका अध्यक्ष अध्यक्ष कमला तुलाधरले सरकारले आफूहरुसँग गरेको सहमतिलाई बेवास्ता गरेको जनाउँदै आफूहरु बाध्यतावश आन्दोलनमा जान लागेको बताइन् ।

नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यही भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.