काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमूल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल औपचारिक उद्घाटनसहित सञ्चालनमा आउन लागेको हो ।
हल निर्मार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिइन ।
उद्घाटनको दिन सो सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म ‘नाङ्गो गाउँ’ र झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ लाग्नेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।