add

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज






ActPro Nepal

|

१८ भदौ, २०८०

|
189

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ ।

प्रदेश समितिको बैठकले आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार सप्तरीको इञ्चार्जमा बादलप्रसाद यादव र सहइञ्चार्ज छेदी यादव, सिरहाको इञ्चार्जमा कौशलेन्द्र यादव र सहइञ्चार्जमा विष्णुकुमार साह, धनुषाको इञ्चार्जमा राजनारायण यादव र सहइञ्चार्जमा शैलेन्द्रकुमार यादव, महोत्तरीको इञ्चार्जमा अशोककुमार यादव र सहइञ्चार्जमा राजिवकुमार यादवलाई तोकिएको छ ।

यसैगरी सर्लाहीको इञ्चार्जमा रामआशिष यादव र सहइञ्चार्जमा सञ्चमाया मोक्तान, रौतहटको इञ्चार्जमा चन्देश्वर महतो र सहइञ्चार्जमा राजकुमार दास, बाराको इञ्चार्जमा सिहासन कलवार र सहइञ्चार्जमा सोहन शर्मा तथा पर्साको इञ्चार्जमा अवधभूषण यादव र सहइञ्चार्जमा दीपक यादव रहेका छन । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.