add

शुल्क वृद्धि फिर्ता माग गर्दै विद्यार्थीहरू अनशनमा






ActPro Nepal

|

१० भदौ, २०८०

|
263

काठमाडौं । समाजवादी मोर्चा निकटका विद्यार्थीहरू इन्जिनियरिङ अध्ययनमा  भएको शुल्क वृद्धिको विरुद्धमा आमरण अनशनमा बसेका छन् ।

आइतबार पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को डीन कार्यालय अगाडि उनीहरुकाले शुल्क वृद्धिको विरोधमा आमरण अनशन सुरु थालेका हुन् ।

अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावलले विद्यार्थीहरुको मागलाई बेवास्ता गरेपछि समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आमरण अनसन सुरु गरेको जानकारी दिए । उनले अध्ययन आयोगले जुन शुल्क वृद्धि गरेको छ । यो खारेज नहुँदासम्म अनसन जारी रहने बताए ।

उनले भने,‘हाम्रो माग शुल्क वृद्धि खारेज होस भन्ने हो, त्यसलाई बेवास्ता गरेर विद्यार्थीको प्रवेश परीक्षासमेत उनीहरुले स्थगित गर्‍यो र हामी समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आमरण अनसन सुरु गर्‍यौं । अध्ययन आयोगले जुन शुल्क वृद्धि गरेको छ । यो खारेज नहुँदासम्म हामी अनसन बस्छौं ।’

त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आमरण अनशन सुरु गरेका हुन् ।

अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन सुरु गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.