add

सरकारले राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिन्छ : शिक्षामन्त्री राई






ActPro Nepal

|

१० भदौ, २०८०

|
174

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सरकारले राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिने बताएका छन् ।

आइतबार बसेको राष्ट्रिय शिक्षा दिवस समितिको बैठकमा उनले ४ वर्षदेखि अवरोध भएको दिवस असोज २ गते भव्य रुपमा मनाएर राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिने बताएका हुन् ।

उनले भने,‘राष्ट्रिय शिक्षा दिवस ४ वर्षदेखि अवरोध भएको अवस्था छ । त्यसको बाटो अब खुलेको छ । अब आउने असोज २ लाई विशेष उत्साहका साथमा मनाउनका निम्ति प्रयत्न गर्ने छौं ।’

उनले शिक्षा दिवसलाई भव्यतापूर्वक मात्र नभई शिक्षालाई उपलब्धिमूलक र परिणाममुखी बनाउने प्रतिवद्धता जनाए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.