add

जब बा ढल्नुभयो...!






ActPro Nepal

|

१० भदौ, २०८०

|
2100

नवराज गजुरेल

जीवनमा कतिवटा भदौ १० हरु कसरी बिते सम्झनामा छैनन् याद हुने कुरा पनि भएन । कहिले घाम लाग्यो होला, कहिले पानी पर्यो होला, कहिले रमाइलो भयो होला र कहिले नरमाइलो भयो होला । तर २०७९ भदौ १० जीवनका लागि  नमिठो अनुभव सहितको स्मरण बन्यो । मृत्यु अकाट्य सत्य, सामान्य प्रक्रिया थियो, छ र हो सदियौँ सम्म रहि रहन्छ पनि । जब बा सदाका लागि जुनदिन बिदाहुनु भयो, यो मितिको नजिक पुग्दा बासँगको पल र अभावले नमिठो गरी निचारीरहन्छ ।

जब बा संसारबाट बिदा भएको मृत शरिर आँखा अघि देखेँ, लाग्यो संसार टक्क अडिएको छ, बिहानै निष्पट्ट अध्यारो छ, सधैँ देखिरहेकाहरु पनि नचिनेझै अपरिचित झै, आफैँमा अनौठो महसुस हुँदै थियो । एक मनले म  सम्हालिनुपर्ने, अर्को मन बाका सपना र संघर्षहरुले एकैपटक मनदेखि दिमाग सम्म एकछत्र भयो ।

बाका कति इच्छा थिएहोला, त्यो कति पूरा गर्न सकेँ सकिन् भेउ पाउन सकिरहेको थिइन् । ब्रह्मलिन हुनुभएको बाको अघि ठिङ्ङउभिएको छु, बाको यो अवस्था जति पनि बेला हुनसक्छ भन्ने पूर्वतयारीमै थिएँ । किनकी बालाई संसारको कुनै पनि धामीझाँक्री बैद्यले निको  बनाउनन सक्ने बेथाले च्यापेको थियो । उचारचढाव पूर्ण जीवन खेपेका मेरा बा, मेरो लागि त प्रेरणाको स्रोत हुनुहुन्थ्यो नै । समाजका लागि पनि असफलता भित्रको आत्मविश्वास, सफलता भित्रको सरलपनको जो कोही पनि पेरणको स्रोत थियो । 

...अनि बा लाई गाल्दै लग्यो

धेरै सन्तान, ठूलो जिम्मेवारी, उचारचढाव पूर्ण जीन्दगी । हामी सबै छोराछोरीको कर्म सकाएर एक किसिमले साच्चै रिटायर्ड लाइफमा हुनुहुन्थो बा । सगरमाथा जस्तो अटल मेरा बाको त्यही अटल पनले नै छिट्टै हामीलाई बा भन्ने मौकाबाट  छुटकारा दिनुभयो । घाँटीमा केही सानो गिर्खो जस्तो आएछ । बाले त्यो महसुस कहिलेबाट गर्नुभयो थाहा छैन । मलाई थाहा भएसम्म बालाई मैले केहीपटक त्यसको बारेमा सोधेको छु  । उपचारका लागि जाम पनि भनेको छु, तर बाकै भाषामा दुख्ने, घोच्ने, पोल्ने नभएको कारण केहीहोइनभन्दै बाले भन्दै जानुभयो, त्यो गान्टो बढ्दै गयो । आफ्नै ज्यानमाहुर्किँदै गरेको त्यो मृत्यु वृक्ष लिएर बाँचिरहेका मेरा बाले हामीलाई मलाई यस्तो भयो भन्नु भएन उपचारका लागि लग्देउ भन्नुभएन, सायद त्यो सामान्य नै होला भन्ने लाग्यो होला वा पीर मान्छन् भनेर होला ।हामीले पनि त्यतातिर ध्यान दिएनौँ । जति बेला हामीले चासो देखायौँ त्यति बेला हामीले केही रोकथाम गर्ने बाहेक केहीगर्न सक्ने उपाय संसारमै नभएको थाहा पायौँ । 

संसार जितेका मान्छेहरु मृत्युसँग हार्दै गर्दा निराश, छटपटिमा देखिएको, कमजोर मनस्थिती भएको पढेको थिए, कतिपय देखेको पनिथिएँ । बाले भोगेका उल्झनहरुले बालाई यसरी बलियो बनाएको रहेछ की मृत्यु बोकिरहेका मेरा बा सहज रुपमा अरु सम्झाउनेहरुलाई उल्टै आत्मविश्वास दिनुहुन्थ्यो ।

देशमा स्थानीय निर्वाचनको माहोल बढ्दै थियो । मकतारबाट घर आएको थिए । वैशाख ४ गते बाको उपचारका लागि हामी जिल्लाको त्रिशुली हस्पिटल गयौँ । डाक्टरको सल्लाह अनुसार केही जटिल रोग नै लागेको शंका हुन थाल्यो । वैशाख ११ गते वीर अस्पतालमा आएपछि थाहा भयो बाको शरिरमा मृत्यु वृक्षले जरा गाडि सकेको रहेछ । हामी अवाक भयौँ । डाक्टरको सल्लाह अनुसार हामी अब के गर्ने के नगर्ने भन्ने दोधारमा थियौँ । तेस्रो तहमा पुगेको क्यान्सर किमोबाट केही रोकथाम बाहेक अरु उपाय थाहा नभएको अवस्था सम्झिँदा अहिले सम्म पनि नमिठो महसुस बनाइर हने घटना बनेको छ । आफ्नो रोगबारे डाक्टरसँग बुझ्ने आँट गरेर मलाई केहीभएको छैन र हुँदैन भन्दै उल्टो ढाडस दिने मेरा बाको आत्मबललाई रोगले विस्तारै गाल्दै लग्यो । बाका जिवित हामी ८ सन्तान, तिनका हाँगाबिँगा अन्य आफन्त र चिनजानका मान्छेहरुमा एक किसिमको खबर यत्रतत्र फैलियो । फोन गरेर र भेटेरै सम्झाउने बुझाउनेहरुको संख्या दिनानु दिन बढिरहेको थियो ।

मृत्युवृक्ष लिएर पनि अटल पहाडजस्तो देखिन कोशिस गरिरहनु भएको बालाई केही दिनमा घर ल्याइयो । घरमा बोलाउन आउनेहरुलाई उल्टै सम्झाउँदै पिर नमान्न आग्रह गर्दै आफ्नो पीडालाई मनबाट अनुहार सम्म ल्याउन समेत दिनु भएन । संसार जितेका मान्छेहरु मृत्युसँग हार्दै गर्दा निराश, छटपटिमा देखिएको, कमजोर मनस्थिती भएको पढेको थिए, कतिपय देखेको पनिथिएँ । बाले भोगेका उल्झनहरुले बालाई यसरी बलियो बनाएको रहेछ की मृत्यु बोकिरहेका मेरा बा सहज रुपमा अरु सम्झाउनेहरुलाई उल्टै आत्मविश्वास दिनुहुन्थ्यो । बाको कुरा र अवस्था हेर्दा बाको आत्मविश्वासले क्यान्सर नै जित्नु होला कि झै लाग्थ्यो । बा र अन्य परिवारकै  सल्लाहमा म पुनःकतार फर्किने भएँ । मनमा एकातिर बाको तेस्रो स्टेजको क्यान्सर, अर्कोतिर फर्किनै पर्ने बाध्यता भएपनि निरन्तर आफूलाई सम्हाल्दै बासँग निरन्तर कुराकानी भइरह्यो । भित्रैबाट गाह्रो बनाउँदा पनिबाले कहिले आउने भनेर भन्नुभएन । बरु म आम त बा भन्दा पनि त्यहाँ काम गर मलाई केहीभएको छैन भन्ने बाको आँटले थप प्रेरणा दियो । पलपल बाको आत्मविश्वासले त्यसलाई जितोस् भन्ने अपूर्ण प्राथना गरिरहेँ । अलि भित्रबाट रोगले आत्मविश्वासलाई जित्नथालेपछि बाले आएदिएहुन्थ्यो भन्ने गर्न थाल्नुभएको महसुस हुँदैथियो । एकदिनको कुराकानीमा बाले अब मुखै फोरेर छिटो आउ नत्र आएको अर्थ रहँदैन भन्नुभयो । बाको कुराले मन अमिलो भयो ।बाको गिरेको आत्मविश्वासले केही खतराको संकेत गर्दैछ भन्ने लाग्यो ।

कहिलेकाँही सानोमा हामीलाई अलि कति पोल्दा निराश हुने बालाई आगो झोसेर भौतिक अस्तृत्व खरानी त बनाइयो तर बासँगको स्मृतीकहाँ सकिँदो रहेछ र । बा खरानीमा परिणत हुँदै त्रिशुलीमा सयर गर्नुभयो हामी बाले दिएको प्रेरणा र सिकाएका पाठको साहराले जीन्दगीको सयर गर्दैछौँ । तपाईं ब्रम्हलिनहुनुभएको आज एक वर्ष पुगेछ । 

विदेशको ठाउँ भनेको जस्तो बिदा नमिल्ने तर लामो समय काम गरेको, कम्पनीको विश्वासपात्र रहेको कारण मैले छुट्टि पाएँ । बुबाको चिन्ता जनकअवस्थाको कारण साउन १६ गते  परिवार र आफन्तसहित छिमेकीहरुको सल्लाहमा बालाई दशदानगर्ने निधो भएछ । मलाई भित्रैबाट उकुसमुकुस भयो । म त्यहिदिन रातिको टिकट काटेर नेपाल फर्किएँ । घरमाआउँदा सबैको अनुहार मलिन, गल्दै गएको बाको शरिर, ढल्दै गएको बाको आत्मविश्वास । साउन १८ गते २ बजेबाट अन्तिम अवस्थासम्म मैले १–२ घण्टाबाहेक छाड्न सकिन् । निरन्तर बाको अजिकै रहे । स्याहार गरेँ । मुखबाट निरन्तर बगिरहेको पहेँलो पदार्थ र शिथिल बाको अवस्थाले एकातिर खतराको संकेत गर्दैै थियो भने मलाई जति बेला पनि हुन सक्ने भयानक क्षणबारे बलियो मनस्थिती बनाउनुप र्ने कुराले मन बाँधिरहे । बोलाउन आउने जानेको क्रम चलिरह्यो । आउनेहरुको ढाडसले केही आत्मबल बढाए पनि बाको अवस्थाले केही सम्भव थिएन । यसो बाको निदाएको अनुहारतिर नियाल्थेँ ।

एका एक बाको विगत आँखामा घुम्थ्यो ।अभावमा पनि सन्तुष्टिको भाव दिनसक्ने बाको खुबी, कठिन समयमा पनिबाले देखाएको साहश, धेरै सन्तानहरुका लागि पनि बराबरी गर्नसक्ने र धेरै सन्तान हुँदा पनि कर्तव्यच्यूत नबनी अडिग मेरा बाको लत्रिएको शरिरले कमजोर बनाइरह्यो । बाको ठ्ट्यौलीपाराले सधैँ उज्यालो हुने घर, परिवार र छिमेक एकाएक निस्पट्ट भएको थियो । दमको रोगीआमाबाको चिन्ताले निरन्तर कमजोर बन्दै गइरहनु भएको थियो । झण्डै ६ दशक साथमा रहेको कारण बा बाट सिकेको आँट र आत्मविश्वासले आमापनि सम्हालिँदै हुनुहुन्थ्यो । बेला बेला प्रेसरले मुर्छा पार्ने आमालाई बाको हालतले थप कमजोर बनाइरहेको थियो । बा अर्धचेत अवस्थामा निदाइरहनु हुन्थो हामी बेला बेला बुझेर उहाँलाई पानी पिलाउँथ्यौँ । मुखबाट बगिरहेको पहेँलो पदार्थ पुसिदिने नै हाम्रो दैनिकि बनेको थियो । त्यही दैनिकीमा रुमल्लिएका हामीबाको मृत्युको समय नजिक आउँदै गर्दा मन केही कठोर बन्दै थियो । सायद त्यही दिनसम्मको लागि बाको लेखान्तर लेखिएको रहेछ ।

अघिल्लो दिन राति सबै जनाआफन्तहरु गाउँले छरछिमेकी जम्माभएका थियौँ । बा उस्तै अर्धचेत अवस्थामै ढल्नुभएको थियो । एक्कासी राति ९ बजेको समयतिर आमाको प्रेसर घट्यो । एकातिर बाको त्यस्तो अवस्था र अर्कोतिर आमालाई समेत निरन्तर गारो भइरहेको थियो । राती नै हस्पिटल लैजाने पो हो की भन्ने सल्लाह पनि भयो । तर केही समयपछि आमा केही लोलाए जस्तो भएपछि राहत मिल्यो । राति आमालाई निरन्तर गारो भएपछि बिहानै हस्पिटल लैजाने तयारी भयो । 

बिहान आमालाई हस्पिटल लगियो । मृत्यु सँग जुधिरहेका बा र स्वास्थ्य अवस्था र चिन्ताले आमाको पनिअवस्था जटिल भएपछि धैर्यताको शक्तिएकाएक हराउथ्यो । तर सम्हालिनुको विकल्पथिएन । यताबा मरणासन्न, उताआमा हस्पिटलको बेडमा अचेत अवस्था । करिब ८ बजेको समय बाले संसार छाड्नुभयो । उताआमापनिबेडमा कठिन अवस्थामाभएको खबर आयो । दैवको लिलाबा त जटिल रोगले गलितभएर जानुभयो तर आमाको पनिहालतले अवस्था जटिल भएपछि संसारले एकैपटक थिचेजस्तो भयो । धार्मिक संस्कार अनुसार आमाले नै सबै प्रक्रियागर्नुपर्ने भएकाले डाक्टरको सल्लाह बेगर पनिआमालाई ल्याइयो । आमाले मन कठोर बनाउँदै बाको बिदाईगर्नुभयो । र हामीअन्तिम संस्कारको लागिलाग्यौँ । बाटोभरी बाको संघर्ष सम्झिरहेँ, बाको मुडो शरिर बोकेर जतितलतिर झर्थेँ त्यतिकहालीलाग्दै गयो । सम्हालिनुबाहेक उपाय के नै थियो र ?

कहिलेकाँही सानोमा हामीलाई अलि कति पोल्दा निराश हुने बालाई आगो झोसेर भौतिक अस्तृत्व खरानी त बनाइयो तर बासँगको स्मृतीकहाँ सकिँदो रहेछ र । बा खरानीमा परिणत हुँदै त्रिशुलीमा सयर गर्नुभयो हामी बाले दिएको प्रेरणा र सिकाएका पाठको साहराले जीन्दगीको सयर गर्दैछौँ । तपाईं ब्रम्हलिनहुनुभएको आज एक वर्ष पुगेछ । मिसू बा ! 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.