add

चीनका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल






ActPro Nepal

|

५ भदौ, २०८०

|
256

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्।

रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट २ पटक उत्पादन लिन सकिने बताइएको हो। किसानहरूले परम्परागत रूपमा उखु र केरामा यो विधि अपनाएको पाइएको छ।

रेटुन विधि अपनाएर उत्पादन दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ। विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ।

अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको पराल सहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ।

जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणका लागि लगाइएको धान खेतमा एकपटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो। माटोको बनावट अनुसार फरकफरक रूपमा छनोट गरिएको खेतमा विज्ञहरूले परीक्षण गरेका थिए।

विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ ।

जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणको लागि लगाइएको धान खेतमा एकपटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो । माटोको बनावटअनुसार फरकफरक रुपमा छनोट गरिएको खेतमा विज्ञहरुले परीक्षण गरेका थिए ।

पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले कृषकको समय, पैसा बचत गरेको र उत्पादन पनि दोब्बर भएको बताए । उनले भने, “रेटुन धान सिजनमा दुईपटक काट्न सकिन्छ, जसले कृषकहरूको समय र पैसाको बचत गर्छ ।”

जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल एक लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ । प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धान कर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.