add

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै






ActPro Nepal

|

५ भदौ, २०८०

|
221

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज (मङ्गलवार) सर्वदलीय बैठक बस्दै छ। बैठक सोमबार बिहान ८ बजे, राष्ट्रपति भवन शीतलनिवासमा बस्न लागेको हो। 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।

सो विषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरी जारी संसद अवरोधको विषयमा गम्भिर चासो व्यक्त गरेका थिए । 

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो भएको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएसँगै संसदको गतिरोध हट्ने सम्भावना देखिएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.