add

ट्वीटरले ब्लक अप्सन हटाउने, प्रयोगकर्ताले गरे मस्कको आलोचना






ActPro Nepal

|

२ भदौ, २०८०

|
313

काठमाडौं ।  एलन मस्क स्वामित्वको सोसल मिडिया प्लेटफर्म एक्स (ट्वीटर) ले ‘ब्लकिङ’ फिचर हटाउने भएको छ ।

हालै नाम परिवर्तन गरेर एक्स राखिएको यो सामाजिक सञ्जालका प्रमुख एलन मस्कले ब्लक फिचरको कुनै अर्थ नभएको बताएका छन् । एलन मस्कले गत वर्ष ट्वीटर खरिद गरेपछि यसमा धेरै परिवर्तन गरेका छन्, त्यसैको सिलसिलामा ब्लक फिचर हटाएका हुन् ।

मस्कले यो परिवर्तन कहिलेदेखि लागू गर्ने भनेर स्पष्ट जानकारी दिएका छैनन् । यद्यपि, यो एक महत्त्वपूर्ण परिवर्तन हो, जसले एक्सको काम गर्ने तरिकामा ठूलो प्रभाव पार्न सक्छ । उनले एक्सका प्रयोगकर्ता आफैं सचेत भइसकेका र ब्लकको सट्टा डिरेक्ट म्यासेजमार्फत त्यस्ता प्रयोगकर्तालाई सचेत बनाउन सक्ने बताएका छन् । तर कतिपय प्रयोगकर्ताले भने दुव्र्यवहारबाट बच्न यो नै उपयुक्त टुल रहेको बताएका छन् ।

यो निर्णय लागू भए एक्समा अनावश्यक व्यक्तिहरूलाई डाइरेक्ट मेसेज (डीएम) गर्नबाट रोक्न सकिए पनि सिधै ब्लक गर्न भने सकिँदैन । यसको अर्थ आफूलाई मन नपरेका अकाउन्टको पोस्ट वा अन्तक्र्रिया प्रयोगकर्ताले आफ्नो फिडमा हेर्नुपर्नेछ ।

मस्कका अनुसार प्रयोगकर्ताले अनावश्यक व्यक्तिहरूको गतिविधि नहेर्न त्यस्ता अकाउन्ट म्युट गर्न सक्नेछन् । तर म्युट गरिएका अकाउन्टहरूले पूर्ण रूपमा सुरक्षा प्रदान नगर्ने भन्दै केही एक्स प्रयोगकर्ताले मस्कको आलोचना गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.