add

१३ जीवन बीमाको कुल बीमा शुल्क आर्जन ४ अर्ब , पहिलो नेपाल लाइफ, अन्य कम्पनीकाे कति?






ActPro Nepal

|

३२ साउन, २०८०

|
317

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले खुद नाफा औसतमा ४७ प्रतिशतले बढाएका छन् ।

संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये बुधबारसम्म १३ वटा (रिलायबल नेपाल लाइफ बाहेक)ले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार ४ अर्ब ४ करोड २३  लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

यो अघिल्लो आव २०७८/७९ को तुलनामा ३५ करोड १९ लाख रुपैयाँले बढी हो । कम्पनीहरूले अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत वर्ष जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन २५ प्रतिशतले घटे पनि बैंकिङ प्रणालीमा ब्याजदर बढ्दा नाफा बढ्न पुगेको हो । बीमा कम्पनीहरूले ठूलो हिस्सा मुद्दती बचतमा राख्छन् । मुद्दतीबाट प्राप्त हुने ब्याज बढ्दा बीमा कम्पनीहरूको नाफा बढ्न पुगेको हो ।

गत वर्ष ९ कम्पनीले खुद नाफा बढाएका छन् भने ४ वटाको घटेको छ । गत वर्ष सबैभन्दा धेरै खुद नाफा नेपाल लाइफ इन्स्योरेन्सले ६७ करोड ४४ लाख रुपैयाँ कमाएको छ । हिमालयन लाइफ इन्स्योरेन्सले ५८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सन नेपालले ५६ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । वित्तीय विवरणअनुसार सबैभन्दा न्यून नाफा कमाउनेमा राष्ट्रिय बीमा संस्थानले ७ करोड २ लाख रुपैयाँ कमाएको छ ।

नयाँ कम्पनीको छलाङ, नेशनलको उच्च गिरावट

गत वर्ष पुराना कम्पनीको तुलनामा नयाँ कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । हालै आइपीओ निष्काशन गरेको आइएमई लाइफ, आइपीओ प्रक्रियामा रहेका सन नेपाल र सिटिजन्सको खुद नाफामा छलाङ मारेका छन् ।

समीक्षा अवधिमा सन नेपाल लाइफले खुद नाफामा छलाङ मारेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सन् नेपालको खुद नाफा १६४ प्रतिशतले बढेको छ ।

यस्तै, गत वर्ष आइएमई लाइफको खुद नाफा ८७.१८ प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्सको ६५.८८ प्रतिशतले बढेको छ ।

गत वर्ष नेशनल लाइफको खुद नाफामा भने भारी गिरावट आएको छ । समीक्षा अवधिमा नेशनलको नाफा आधा अर्थात् ५०.६९ प्रतिशतले घटेको छ । यस्तै, मेट लाइफको ३९.६६ प्रतिशत, सूर्यज्योतिको २१.३१ प्रतिशत र एशियन लाइफको १७.६८ प्रतिशतले घटेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.